राजनीति

सर्वोच्चको फैसला स्वागतयोग्य : माधव नेपाल


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद पुनस्र्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।

सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपालले प्रारम्भिक प्रतिक्रिया दिँदै फैसला स्वागतयोग्य भएको बताएका हुन् ।