राजनीति

प्रतिगमन परास्त भो ! : जनार्दन शर्मा


काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा फैसला सुनाउँदै विघटन बदर गरेपछि नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको प्रतिक्रिया जनाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा शर्माले लेखेका छन्, ‘प्रतिगमन परास्त भो १’

सर्वोच्चले विघटन बदर गर्दै प्रतिनिधिसभा पुनःस्थापना हुने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

देउवा लगायत प्रतिनिधि सभाका बहुमत सांसदले दायर गरेको रिटमाथि अदालतले सोमवार फैसला सुनाएको छ ।