राजनीति

सर्वोच्चद्वारा संसद विघटन बदर



काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटन बदर गरेको छ । सर्वोच्चले सोमबार आफ्नो फैसला सुनाउँदै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गएको जेठ ८ गते भएको संसद विघटन बदर गरेको हो।

नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तथा संसद विघटन बदरको मागसहित १४६ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए।

त्यसमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजलासमा सुनुवाई भएको हो ।

निवेदक पक्षका अधिवक्ताहरुले राष्ट्रपतिबाट संविधानले दिएको भन्दा बाहिर गएर अधिकारको प्रयोग भएको, संसद विघटनको घोषणा असंवैधानिक रहेको तथा संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनमा सांसदहरुमाथि दलको ह्वीप नलाग्ने जिकिर गरेका थिए बहसको क्रममा ।

सरकारी पक्षले सबै काम संविधान अनुसार नै भएको र धारा ७६ (५)मा पनि दलीय ह्वीप लाग्ने बहस गरेको थियो । संसद विघटन मुद्दामा एमिकस क्यूरीका चारजनाले धारणा