राजनीति

माओवादी केन्द्र वैधानिक : निर्वाचन आयोग


काठमाडौँ – निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ । आयोगको बैठकले दर्ता भएका निवेदन र दाबी दुवैलाई खारेज गरी माओवादी पार्टी वैधानिक रहेको ठहर गरेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ऐन कानुनलाई टेकेर निर्वाचन आयोगले माओवादीको बैधानिकता पुष्टि गरिएको बताउनुभयो । माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलगायतका नेताहरूले अध्यक्ष प्रचण्ड नेतृत्वको माओवादी केन्द्र अवैधानिक रहेको भन्दै उजुरी दर्ता गरेका थिए ।