राजनीति

यस्तो छ एमालेमा ओली र नेपाल पक्षबीच १० बुँदे सहमति (पूर्णपाठसहित)


काठमाडौँ – सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १०बुँदे सहमति भएको छ । दुबै पक्षका नेताहरु रहेको कार्यदलले जुटाएको सहमतिमा सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडि बढ्ने उल्लेख छ ।

कार्यदलले जेठ २ मा फर्किने सहमति गरेको छ । पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरु नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७६ साल जेठ २ गतेको संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछ । साथै जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरु मनोनयन गर्ने निर्णयलाई पनि कार्यदलले स्वीकार गरेको छ ।