राजनीति

नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपति भण्डारीलाई बनाउनुपर्छ : मन्त्री श्रेष्ठ


काठमाडौँ – युवा तथा खेलकुद मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउनुपर्ने बताउनुभएको छ । मन्त्री श्रेष्ठले आइतबार काठमाडौं उपत्यका भित्रका स्थानीय स्काउट समितिको दिक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नेपाल स्काउटको गरिमा र उचाईलाई बढाउन प्रमुख संरक्षक राष्ट्रपतिलाई बनाउनुपर्ने बताउनुभएको हो ।

अन्य देशमा पनि स्काउटको प्रमुख संरक्षक राष्ट्राध्यक्ष रहने गरेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि स्काउटबाट प्रशिक्षित गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । स्काउटलाई अझै नयाँ र प्रभावकारी ढंगले अगाडी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।