देश

आन्दोलित विद्यार्थी संगठनलाई आयल निगमले बोलायो वार्तामा


काठमाडौँ – नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धिलाई लिएर आन्दोलित विद्यार्थी संगठनलाई वार्तामा बोलाएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले असार २८ गते दिउँसो १ बजेका लागि निगमको केन्द्रीय कार्यालय बबरमहलमा आपसी छलफलका लागि आन्दोलित विद्यार्थी संगठनलाई बोलाएको हो ।

गत असार २४ गते संयुक्त विद्यार्थी संगठनको तर्फबाट निगमलाई सम्बोधन गरी बुझाइएको ज्ञापनपत्रका विभिन्न वस्तुहरु उपर छलफलका लागि बोलाइएको निगमले जनाएको छ । गतसाता निगमले पेट्रोल र डिजेलसँगै खाना पकाउने एलपी ग्यासको समेत प्रतिसिलिन्डर अधिकतम २५ रुपैयाँले मूल्य बृद्धि गरेसँगै विद्यार्थी संगठनहरुले चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् ।