समाचार

गायीका रितुको “हारे आमा” गीत सार्वजनिक (भिडियोसहित)


काठमाडौँ – गायिका तथा सञ्चारकर्मी रितु थापा मगरको ”हारे आमा” तीजको गीत सार्वजनिक भएको छ । सो गीत उहाँको आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ । यस गीतमा स्वर, लय शब्द रितु थापा मगर कै रहेको छ । गीतको भिडियोलाई बिनोद भण्डारी निर्देशन गर्नु भएको छ भने, एरेन्ज– बिनोद बाजुराली, मिक्सिङ– खडक बाजुरालीको छ ।

भिडियोमा रितु आफै, रमा थपलिया, दिपा थापा र मनोज भण्डारीको अभिनय देख्न सकिन्छ । पछिल्लो समय समाजमा बलत्कार, हत्या हिंसाका घटना भइरहेका छन् । कोहि नारीहरुलाई आफ्नैले मारेका छन् भने कसैलाई अपहरण गरेर हत्या गरिएको छ । केही समय अगाडि घटेको सबिता भण्डारीको जीवन कहानीमा संगपनि यो गीत मिल्दोजुल्दो छ । यस अघि पनि गायीका रितु थापा मगरको धेरै गीत बजारमा आइसकेका छन् ।