राजनीति

विपक्षी गठबन्धनविरुद्ध सत्तारुढ नेकपा एमाले सडकमा


काठमाडौँ – विपक्षी गठबन्धनविरुद्ध सत्तारुढ नेकपा एमाले सडकमा उत्रिएको छ । एमालेसम्बद्ध नेपाल खेलकुद महासंघ र युवा संघ नेपालको आह्वानमा आइतबार विपक्षी गठबन्धनविरुद्ध राजधानीमा प्रदर्शन गरेका हुन् । रमेश पौडेल नेतृत्वको नेपाल खेलकुद महासंघले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर अंकित पोस्टकार्ड बोकेका थिए, जसमा ‘खेलाडीहरु जाग्दैछन्, राष्ट्रघातीहरु भाग्दैछन्’, ‘खेलाडीहरुको आह्वान, तोकिएको मितिमा निर्वाचन’ जस्ता नारा लेखिएका थिए ।