देश

कार्यदल बैठकबारे माधव नेपाललाई बिफ्रिङ गरेर बैठकस्थल फर्किए घनश्याम भुसाल


काठमाडौँ – नेकपा एमाले भित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठकको बीचबाटै बाहिरिएका नेपाल पक्षीय नेता घनश्याम भुसाल एक घण्टापछि फेरि बैठकस्थलमा प्रवेश गर्नुभएको छ । एक घण्टाअघि बैठकबाट बाहिरिएका नेता भुसालले नेता माधवकुमार नेपाललाई बैठकमा भएका छलफलबारे बिफ्रिङ गरेर कार्यदलको बैठकस्थलमा पुनः फर्कनुभएको छ ।

बानेश्वरस्थित एक होटलमा नेता नेपाललाई बैठकको बिफ्रिङ गर्नुका साथै उहाँको सुझाव लिएर नेता भुसाल बैठकस्थल प्रवेश गर्नुभएको हो । बिहान देखि बसेको बैठक अहिले पनि जारी छ ।