राजनीति

ओलीले बोलाएको स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेताहरु नजाने


काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समुहका नेताहरु नजाने भएका छन् । आइतबार बालुवाटार प्रधानमन्त्री निवासमा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेताहरु नजाने भएका हुन् । पछिल्लो समय नेकपा एमालेमा देखिएको विवाद मिलाउन कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ ।

तर, यो बैठकमा यसअघि शनिबार भनिएजस्तो सकारात्मक भएको छैन् । बैठकले ओली र नेपाल पक्षको एकता गराउने सम्भावना कम हुँदै गएपछि ओलीले बोलाएको स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेताहरु नजाने भएका हुन् ।

हामी अहिले वार्तामा छौँ, यसअघि ओलीबाट भएका कदमहरु सच्चिएका छैनन्, आजको बैठक पनि वैधानिक होइन,’ नेपाल पक्षका एक नेताले भने, ‘त्यसैले हामीले बैठकमा नजाने निर्णय गरेका हौँ ।’