देश

शंख फुकेर पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध


काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विपक्षी गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनले आइतबार शंख फुकेर विरोध प्रदर्शन गरेका छन् । आइतबार माइतीघर मण्डलामा भेला भई विद्यार्थी नेता कार्यकर्ताहरुले शंख फुकेर विरोध जनाएका हुन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधवकुमार नेपाल निकटको अनेरास्ववियू, जसपाको उपेन्द्र यादव निकटको समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको अखिल छैठौंले संयुक्त रुपमा विरोध कार्यक्रम गरेका हुन् । विद्यार्थी संगठनहरुले मूल्यवृद्धिविरुद्ध चरणवद्ध आन्दोलन घोषणा गरेका छन् ।

असार २८ गते नेपाल आयल निगमका गाडीहरु चल्‍न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोलपम्प र ट्‍यांकर सञ्‍चालन गर्न नदिने तथा असार ३० गते देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्‍यांकर बन्‍द गर्ने उनीहरुको कार्यक्रम छ ।