राजनीति

सभापतिले प्रक्रिया नपुर्‍याएको भन्दै सानेपामा कांग्रेस कार्यकर्ताको धर्ना



काठमाडौँ –नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बाराका नेता तथा कार्यकर्ताले धर्ना दिएका छन्। क्षेत्रीय र जिल्ला सभापतिले प्रक्रिया नपुर्‍याई क्रियाशील सदस्यता दिएको भन्दै उनीहरू धर्नामा बसेका हुन्।

कांग्रेस बाराका चारवटै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ता धर्नामा बसेका छन्। क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै उनीहरूले धर्ना दिएका छन्। आफूहरूले न्याय नपाउन्जेल धर्ना जारी राख्ने उनीहरूको भनाइ छ।

पार्टी कब्जा गर्ने नियतले क्रियाशील वितरण गरेको आरोप उनीहरूको छ। अवैध क्रियाशील सदस्यता खारेज गर्नुपर्ने माग उनीहरूले राखेका छन्। वडा कार्यसमितिको निर्णयविना क्रियाशील दिइएको पनि उनीहरूको भनाइ छ।

केन्द्रीय छानबिन समितिबाट रोकिएको १३ औं महाधिवेशनमा छुट भएका १६६ जनाको नामावली र सो बराबरको नयाँ क्रियाशील सदस्यता खारेज गर्न पनि उनीहरूको माग छ।