राजनीति

राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्ने बाटो खुल्ला गरिनुपर्ने वामदेवको जिकिर


काडमाडौँ – राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न मिल्ने प्रस्ताव पारित गर्न प्रस्ताव गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विषेश सयममा बोल्दै एमाले नेता समेत रहेका गौतमले आफूले राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने व्यवस्था गर्न प्रस्ताव गर्दा कोकोहोलो मच्चाइएको बताउनुभयो ।

उहाँले राष्ट्रियसभा संसदको अभिन्न अंग भए पनि विभेद भएको बताउनुभयो । उहाँले संविधान अनुसार बजेट संसदमा प्रस्तुत हुनुपर्ने भन्दै अर्थमन्त्री विष्णु पौडेललाई राष्ट्रिसभामामा बजेट प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

एक फरक प्रसंगमा गौतमले पार्टी विवादमा आफू अध्यक्ष केपी शर्मा ओलीतिर नमिलेको भन्दै अझै तटस्थ रहेको बताउनुभएको थियो ।