विदेश

हाइटीमा हत्या गरिएका राष्ट्रपतिकी श्रीमती भन्छिन्, ‘भाडाका सैनिक प्रयोग गरेर मेरा श्रीमान्‌को ज्यान लिइयो’


काठमाडौँ – हाइटीका राष्ट्रपति जोभनेल मोइजकी श्रीमतीले भाडाका सैनिकहरू प्रयोग गरेर राजनीतिक शत्रुहरूले उनको ज्यान लिएको बताएकी छन् । उनले आफ्ना श्रीमान्‌ले अघि बढाएको संवैधानिक सुधार र जीवनस्तर उकास्ने प्रयासलाई रोक्न त्यस्तो गरिएको बताइन् ।

सामाजिक सञ्जाल ट्विटरमा एउटा सन्देश राख्दै उनले हाइटीका मानिसहरूलाई लडिरहन आग्रह गर्दै आफूसाथमा उभिने प्रतिबद्धता जनाएकी छन् । बुधवार सबेरै बन्दुकधारीहरूले राष्ट्रपतिको कार्यालयमा आक्रमण गर्दा मार्टीन मोइज पनि घाइते भएकी थिइन् ।