राजनीति

एमालेको एकता सर्वोच्चको निर्णय पछि हुन्छ :वामदेव गौतम



काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा एमालेको एकता सर्वोच्चको निर्णय आएपछि हुने बताउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा गौतमले आफूले केही समय अघि सर्वोच्चको निर्णय आएपछि खुसीको खबर आउने बताएको समेत उल्लेख गर्नुभएको छ । आजै बिहान ८ बजेसम्म एकता हुने र खुसीको खबर आउने भन्ने लागेको बताउँदै गौतमले खुसीको खबर सर्वोच्चको निर्णय आएपछि हुने बताउनुभयो ।

गौतमले आज बेलुकासम्म त्यस्तो खुसीको खबर आओस् भन्ने चाहना आफ्नो रहेको समेत बताउनुभयो। साथै सर्वोच्चको निर्णयपछि एकता हुने दोहोर्‍याउनुभयो ।