राजनीति

सिंहदरबारबाट १६ नागरिक अभियन्ता पक्राउ


काठमाडौँ – धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका १६ नागरिक अभियन्ता सिंहदरबारबाट पक्राउ परेका छन् । सिंहदरबार गेटअगाडि विरोध प्रदर्शनमा उत्रिएका नारायण वाग्ले, श्रवण मुकारुङ, नारायण ढकाल, खगेन्द्र संग्रौला, सञ्जीव उप्रेती, विमल अर्याल, अर्चना थापा, प्रणेतालगायत नागरिक अभियन्ताहरू पक्राउ परेका हुन् ।

स्वास्थ्य शिक्षामा भइरहेका चरम बेथितिविरुद्ध तथा धरानको बीपी प्रतिष्ठानको बचाउका निम्ति आन्दोलित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।