राजनीति

भ्याक्सिन अभावबाट अब तड्पिनु नपर्ने प्रधानमन्त्री ओलीको दाबी


काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले कोरोनाविरूद्ध खोपको अभाव नहुने बताउनुभएको छ ।
लगभग यस वर्षको अन्त्यमा भ्याक्सिन लगाएर सक्ने प्रयास रहेको भन्दै उहाँले अब भ्याक्सिन अभावबाट तड्पिनु पर्ने अवस्था नआउने जिकिर गर्नुभयो । केही समयअगाडि खोप अभाव हुन्छ कि जस्तो देखिए पनि अहिले खोप आउनेक्रम सुरू भएको प्रधानमन्त्री ओलीको भनाइ छ । वीर अस्पतालको सर्जिकल भवन उद्घाटन गर्दै ओलीले भ्याक्सिन ल्याउन संवादहरू जारी राखेको पनि जानकारी दिनुभयो । उहाँले सन् २०२१ को अन्त्यसम्म मोटामोटी रूपमा खोप लगाइसक्ने जिकिर गर्नुभयो ।