राजनीति

सहमति भईसकेको छ, हस्ताक्षर हुन मात्र बाँकी : नेता नेम्वाङ


काठमाडौँ – नेकपा एमालेका नेता तथा कार्यदलका सदस्य सुवास नेम्वाङले नेकपा एमालेमा देखिएको विवादको अन्त्य भएको बताएका छन् ।

नेम्वाङका अनुसार सबै सहमति भईसकेको र अब हस्ताक्षर मात्र हुन बाँकी रहेको छ । “हामीबीच सहमति भइसकेको छ,” उनले भने, “अहिले ८ बजे हस्ताक्षर गर्दैछौँ ।” उनका अनुसार आजै स्थायी कमिटीको बैठक राख्न कार्यदलले सुझाव दिएको छ ।

कार्यदलमा भएको सहमति पार्टीका शीर्ष नेतालाई बुझाइनेछ ।