मौसम

यस्तो छ देशभरको मौसम


काठमाडौँ – राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार केही दिन अघिदेखि निरन्तर परिरहेको वर्षा अझै रोकिएको छैन । शनिबार आज पनि आइतबार रातिदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा वर्षा भइरहेको छ । त्यस्तै दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी राती पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।