राजनीति

मेलम्चीका बाढी पीडितलाई ५० हजार रुपैयाँ राहत उपलव्ध गराउने प्रधानमन्त्रीको घोषणा


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढीपीडितलाई प्रतिपरिवार ५० हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ ।


सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित गणेश बगरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बाढीपीडित ३६६ घरपरिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दिने बताउनुभएको हो । उहाँले तत्काल पीडित परिवारलाई ५० हजारका दरले राहत उपलब्ध गराउने बताउँदै निर्माणका लागि हिमाली भेगमा पाँच लाख, पहाडी भेगमा चार लाख र तराई भेगमा तीन लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले बाढीले भत्काएको पुल र विद्यालय सरकारले बनाउने घोषणा पनि गर्नुभएको छ ।

प्रधानमन्त्री ओली मेलम्चीमा बाढी आएको २६ दिनपछि नेपाली सेनाको हेलिकप्टरबाट १२ सदस्यीय टोलीसहित आज स्थलगत अवलोकनमा गएका जानुभएको हो ।