राजनीति

एमाले कार्यदलको बैठकमा आज पनि जुटेन सहमति


काठमाडौँ – नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठकमा आज पनि सहमति जुट्न सकेन । आज सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको थियो ।

पार्टी एकतामा समस्या के थिए ? कसरी समाधान गर्ने ? भन्ने छलफल भएको भन्दै कार्यदलका सदस्य गोकर्ण विष्टले भोलिसम्म सहमति जुट्ने बताउनुभयो ।

पछिल्ला दिनहरुमा कार्यदलका सदस्यहरुले सहमति नजिक पुगेको दाबी गरेपनि सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दामा के गर्ने भन्ने समझदारी जुट्न नसकेको बताइन्छ ।