राजनीति

प्रचण्डद्वारा देउवा र नेपालसँग छुट्टा छुट्टै भेटवार्ता


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधव नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।
नेपाललाई भेट्न विहान कोटेश्वर पुग्नुभएका प्रचण्डले एमाले एकताको विषयमा चासो राख्नुभएको थियो । प्रचण्डसँग नेपालले आफू सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको बताउनुभएको थियो । एमालेको वार्ता कार्यदलले सहमतिको मस्यौदा तयार पारेको अबस्थामा प्रचण्डले नेता नेपाललाई भेटेपछि एमालेको ओली पक्षले असन्तुष्ट जनाएको छ ।

प्रचण्डले आजै दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुभएको छ । देउवासँगको भेटमा पनि समसामायीक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइन्छ । उनीहरुबीच एमालेमा हुन लागेको सहमतिले विपक्षी गठबन्धनलाई पार्न सक्ने असरको बारेमा छलफल भएको बुझिन्छ ।