राजनीति

वाग्मती प्रदेशसभाको बैठक बस्दै नबसी स्थगित



काठमाडौँ – वाग्मती प्रदेशसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो ।

आव २०७८–८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा विद्युतीय बस सरकारले खरीद गरेर सञ्चालन गर्ने, सरकारले नै सञ्चारमाध्यमको सञ्चालन गर्ने लगायतका विषयमा असहमति जनाउँदै विपक्षीहरुले प्रदेशसभा बैठक अवरुद्ध गराउँदै आएका छन् ।

बैठक भोलीका लागि डाकिएको छ ।