राजनीति

प्रधानमन्त्री अ‍ोली सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा अ‍ोली सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा पुग्नुभएको छ। असारको सुरुवातमा मेलम्ची खोलामा आएको बाढीबाट प्रभावित क्षेत्रमा अवलोकनका लागि अ‍ोली सिन्धुपाल्चोक पुग्नुभएको हो ।

ओली सिन्धुपाल्चोकका मेलम्चीदेखि हेलम्बुसम्म बाढी पहिरोबाट प्रभावित क्षेत्रको अवलोकनका लागि उँहाँ हेलम्बु पुग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री अ‍ोली शनिबार हेलिकप्टरमार्फत हेलम्बुमा पुग्नुभएको हो । प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, पूर्वमन्त्री शेरबहादुर तामाङ पनि हेलम्बु पुग्नुभएको छ । सरकारले बाढी प्रभावितहरुलाई ५० हजार रुपैयाँ अनुदान सहयोग दिने निर्णय गरेको थियो ।