राजनीति

प्रचण्ड र नेपालबीच एक घन्टा भेटवार्ता


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
स्रोतका अनुसार प्रचण्ड नेता नेपाललाई भेट्न ११ बजेर २५ मिनेटमा उनको निवास कोटेश्वर पुगेका थिए । दुई नेताबीच करिब १ घन्टा छलफल भएको थियो ।

एमाले विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरि आज सार्वजनिक गर्ने तयारी गरिरहँदा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । प्रचण्ड यसअघि मंगलबार पनि नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। तत्कालीन नेकपामा हुँदा एकै समूहमा रहेका प्रचण्ड र नेपाल ओलीविरुद्धको मोर्चाबन्दीमा थिए।