राजनीति

एमाले कार्यदलको बैठक २ बजे बस्दै


काठमाडौँ – नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज शनिबार पनि बस्दैछ । दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बस्ने नेताहरुले बताएका छन् ।

बैठकमा मुख्यत एमालेको पार्टी कमिटी जेठ २ मा फर्काउने, संसद विघटनको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने, शक्ति सन्तुलन आदि विषय रहेका छन् ।

माधवकुमार नेपाल पक्षले २३ फागुनयता गरिएका सबै निर्णय खारेज हुनुपर्ने अडान राखेको छ । यसबीचमा अध्यक्ष ओलीले महाधिवेशनको मिति तोक्ने, महाधिवेशन तालिकासमेत सार्वजनिक गरिसकेका छन्, त्यसैले यो विषयमा अध्यक्ष केपी शर्मा ओली सहमत नभएको कार्यदलका एक नेताले बताउनुभयो । ।

कार्यदलका सदस्यहरुले भने विवादमा विषयमा दुवै पक्ष सहमतिनजिक पुगेको बताएका छन् ।