काठमाडौँ – सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयको हिरासत तोडेर एक जना थुनुवा फरार भएका छन् ।
गत जेठ २० गते लागु औषधसहित पक्राउ परेका ती व्यक्ति शुक्रबार मध्यराति हिरासत कक्षको ग्रिल तोडेर भागेको डीएसपी डा. तपनकुमार दाहालले जानकारी दिनुभयो ।
उनका अनुसार फरार थुनुवाको खोजी भइरहेको छ । नाम सार्वजनिक गर्दा पक्राउ गर्न गाह्रो हुने भन्दै थुनुवाको परिचय प्रहरीले खुलाएको छैन ।
प्रतिक्रिया