राजनीति

‘प्रधानमन्त्रीज्यू ! पूर्वप्रमको उपचार खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?’


काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले पूर्वप्रधानमन्त्रीको उपचार खर्च बेहोर्ने सरकारको निर्णयप्रति प्रश्न उठाएका छन् ।

भारतमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ ।

यो कुन कानुनमा टेकेर निर्णय गरेको हो भनेर निवर्तमान सांसदसमेत रहेका कांग्रेस नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरेका हुन् ।