राजनीति

कांग्रेसविरुद्ध गोकुलको कटाक्ष : अब सभापति पनि अदालतबाटै चयन गर्ने होला ?


काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसलाई व्यंग्य गरेका छन् । कांग्रेसले महाधिवेशन गर्ने तयारी गरिरहेका बेला पूर्वसञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले सभापति पनि अदालतबाटै चयन गर्ने होला भनेर कटाक्ष गरेका हुन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदको दाबी गर्दा नपुगेको भन्दै राष्ट्रपतिले खारेज गरेपछि सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । जसको फैसला यही असार २८ गते हुँदै छ । यही प्रसंग जोडेर बाँस्कोटाले कांग्रेसलाई व्यंग्य गरेका हुन सक्छन् ।