देश

अख्तियारले पशुपतिको जलहरी खरिद प्रक्रियाबारे छानविन सुरु गर्यो


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको जलहरी खरिद प्रक्रियाबारे छानबिन शुरु गरेको छ । गत फागुन ११ गते विरोधका बीच पशुपतिमा राखिएको सुनको जलहरी खरिद प्रक्रियामा अनियमितता भएको भन्दै परेको उजुरीमाथि अख्तियारले छानबिन शुरु गरेको बताएको हो ।


पशुपति क्षेत्र विकास कोषले पनि जलहरी खरिद प्रक्रियामा अख्तियारले चासो देखाएको स्वीकार गरेको छ । केन्द्र सरकारको ३० करोडसहित एक अर्ब रुपैयाँ खर्च गरेर बनाइएको सुनको जलहरी राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता छ । जुन अहिले विचाराधीन छ ।