राजनीति

एमाले एकता कार्यदलको वार्ता सहमति नजिक छ : रघुजी पन्त


काठमाडौँ – नेकपा एमाले एकता कार्यदलको वार्ता सहमति नजिक पुगेको नेपाल पक्षीय वार्ता टोली सदस्य रघुजी पन्तले बताउनुभएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा तीन घण्टादेखि जारी वार्ता सहमतिनजिक पुगेको नेता रघुजी पन्तले जानकारी दिनुभएको हो ।

‘मस्यौदामा हामीलार्ई लागेको सुझावहरू दियौं,’ उहाँले भन्नुभयो, ‘सुझावहरूलाई मस्यौदामा सामेल गरेर सम्भव भएसम्म आजै पूर्णतामा पुर्याउने प्रयासमा छौं ।’ मस्यौदामा उठेका बुँदामा पार्टीका नेताहरूले राखेका धारणा र सुझावलाई राखेर पूर्ण बनाउने काम भइरहेको पन्तको भनाइ छ ।