देश

एकसाथ चार एआईजीको सरुवा


काठमाडौँ – सरकारले नेपाल प्रहरीका चार अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको एकसाथ सरुवा गरेको छ । सरुवा हुने एआइजीहरुमा निरज बहादुर शाही, हरिबहादुर पाल, सहकुल थापा र विश्वराज पोखरेल रहेका छन् ।


सरकारले महानगरीय प्रहरी कार्यालय मेट्रो मा निरज बहादुर शाही , प्रहरी प्रशिक्षण प्रतिष्ठानमा हरिबहादुर पाल, मानव स्रोत विभागमा सहकुल थापा, अपराध अनुसन्धान विभागमा विश्वराज पोखरेलको सरुवा गरेको हो ।