राजनीति

प्रधानमन्त्री ओलीको कार्य संविधान विपरीत भएको विश्वप्रकाश शर्माको टिप्पणी


काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अहंकारको जगमा उभिएर अदालतलाई जवाफ दिएको टिप्पणी गर्नुभएको छ ।


संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको भएको भन्दै उहाँले संविधान अनुसार आदेश गर्ने अदालतलाई प्रधामन्त्रीले संविधान विपरित भएको भनी टिप्पणी गर्नु अहंकारीपन भएको दाबी गर्नुभयो उहाँले सर्वोच्च अदालतले गरेको आदेशलाई सत्तापक्ष, सरकार वा विपक्षी दल सबैले स्वीकार गर्नुपर्ने तर्क गर्नुभयो ।

प्रतिनिधिसभा विघटन पछि प्रधानमन्त्रीले गरेको मन्त्रीमण्डल पुर्नगठनमा सर्वोच्च अदालतमा परेको मुद्धाको सम्बन्धमा सर्वोच्चदलाई लिखित जवाफ दिदै संर्वोच्च अदालतको आदेश संविधान विपरित भएको बताउनुभएको थियो ।