राजनीति

रेल सेवा सञ्चालन गर्न नेपाल र भारतबीच सहमति


काठमाडौँ – नेपाल र भारतबीच पहिलोपटक द्विपक्षीय रेल सेवा सञ्चालन गर्ने सम्बन्धी सहमति भएको छ । दुवै देशका अधिकारीबीथ आज भएको भर्चुअल हस्ताक्षर कार्यक्रममा यस सम्बन्धी पत्रमा हस्ताक्षर गरेका छन् ।

राजदूतहरूको उपस्थितिमा भएको हस्ताक्षर समारोहमा भारत र नेपाल दुवै तर्फका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । यससँगै अब निजी क्षेत्रले नेपाल र भारतबीच सजिलोसँग सरसामान ओसारपसार गर्न सक्नेछन् । भारतीय रेलवे नेटवर्कमार्फत नेपालको स्वामित्वमा रहेका सरसामानहरू नेपालले भारतलगायत तेस्रो मुलुकमासमेत निर्यात तथा आयात गर्न सक्नेछ । यसले सवारीसाधनसहित अन्य विशिष्ट सामग्रीहरू पनि ओसारपसार गर्न सजिलो बनाइदिने विश्वास गरिएको छ ।