राजनीति

पूर्व माओवादी नेताहरु आज निर्वाचन आयोग जाँदै


काठमाडौँ – नेकपा माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाएका पूर्व माओवादी नेताहरु निर्वाचन आयोग जाँदै छन् ।

टोपबहादुर रायमाझीको नेतृत्वमा पूर्व माओवादी नेताहरु प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज ११ बजे निर्वाचन आयोग जान लागेका हुन् । लेखराज भट्ट भने विरामी भएका जान नसक्ने स्वकिय सचिव हितेश ओझाले जानकारी दिए । उनले भट्टलाई युरिक एसिडको समस्या भएका कारण जान नसक्ने बताए ।

उनले भट्टका तर्फबाट आफु जान लागेको जानकारी दिए। अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्र दल दर्ता खारेजीको मागसहित निवेदन दर्ता गराएका थिए ।

उनीहरु त्यस विषयमा आयोगले के गर्दै छ भनेर बुझ्न आयोग जान लागेको बताएका छन् । उनीहरु दलबदल गरी नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी पार्टीले कारवाही गर्दा प्रतिनिधिसभाको पद गएको थियो ।