काठमाडौँ – नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन आएको हो ।
बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । सो स्थानमा वर्षा शुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।
एक साताभन्दा बढी समयदेखि सो ठाउँमा पटक–पटक पहिरो खसेर दुःख दिइरहेको छ । पानी परे लगत्तै पहिरो खस्ने समस्या छ ।
प्रतिक्रिया