राजनीति

विना निष्कर्ष सकियो कार्यदलको बैठक


काठमाडौँ – नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक कुनै प्रगति विनै सकिएको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज र दोस्रो पटक बसेको बैठकले पनि कुनै निष्कर्ष निकाल्न नसकेपछि प्रगति शून्य भएको हो । यद्यपि एमाले नेता सुवास नेम्वाङले भोलि बस्ने बैठकले निश्कर्ष निकाल्ने बताउनुभयो । तर नेता घनश्याम भुषालले १० दिनअघि एमाले विवाद जुन अवस्थामा थियो त्यो भन्दा बढि थप कुनै प्रगति नभएको बताउनुभयो । माधव नेपाल पक्षका नेताहरुले ओली पक्षका नेताहरु वार्ताका लागि इमानदार नदेखिएको आरोप लगाएका छन् ।