राजनीति

मन्त्रिपरिषद् बैठक जारी, सचिवको बढुवालगायतका अन्य विषयमा निर्णय गर्दै


काठमाडौँ – मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ। बिहीबार ६ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकले प्रशासनतर्फ एक सचिवको बढुवालगायत अन्य केही महत्त्वपूर्ण निर्णयहरू गर्दैछ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहान सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय कृष्णहरि पुष्कर, खगेन्द्रप्रसाद नेपाल र किरण राज शर्माको नाम सिफारिस गरेको थियो । यीमध्ये एक जना सचिवमा बढुवा हुनेछन् ।