राजनीति

एमाले कार्यदलको बैठक सुरु


काठमाडौँ – एमालेको विवाद समाधानका लागि बनेको कार्यदलको बैठक सुरु भएको छ । बिहीबार साँझ सिंहदरबारमा बैठक सुरु भएको हो ।

आजको बैठकमा एकताका लागि तयार गरिएको मस्यौदामाथि छलफल हुने तय भएको कार्यदलका एक सदस्यले जानकारी दिए । छलफलपछि उक्त मस्यौदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसमक्ष पुग्ने छ ।

नेताहरूले आजको बैठकले एकताका लागि महत्वपूर्ण निर्णय गर्नसक्ने बताएका छन् ।