राजनीति

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : मन्त्रिपरिषद् विस्तार विरुद्धको आदेश संविधान विपरित

मन्त्रिपरिषद् विस्तार प्रधानमन्त्रीको ‘स्वविवेकीय अधिकार’


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद् विस्तारमा रोक लगाउनु संविधानविपरीत भएको बताउनुभएको छ ।

मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै उहाँले कार्यपालिकाको प्रभावकारितामा नै असर पर्ने गरी सर्वोच्च अदालतले दिएको आदेश संविधान विपरीत भएको दावी गर्नुभएको छ ।

मुलुकको शासन व्यवस्थाको सञ्चालन कार्यकारीले गर्नुपर्ने भन्दै उसलाई मन्त्रिपरिषद थप घट गर्न रोक लगाउन नहुने उहाँको जिकिर छ ।