राजनीति

एमाले कार्यदलको बैठक स्थगित, साँझ ७ बजे फेरि बस्ने


काठमाडौँ – नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक स्थगित भएको छ । आज बिहान बसेको बैठक साँझ ७ बजे पुनस् बस्नेगरी स्थगित भएको हो ।

आन्तरिक गृहकार्य गर्नुपर्ने भन्दै बैठकबाट नेताहरु उठेका थिए । सहमतिको प्रयास जारी गरेको कार्यदलका सदस्य सुभास नेम्वाङले बताउनुभयो । ‘सहमतिको प्रयासमा छौुं, नेम्वाङले भने ‘बैठक पुनस् साँझ ७ बजे बस्ने छ ।’ बुधबार साँझ ओली र नेपालबीच मेरियट होटेलमा दोस्रो तहका नेताहरूसहित भेटवार्ता भएको थियो । दुई नेताबीच सहमति हुन नसके पनि कार्यदलले भने छलफल जारी राखेको छ ।