राजनीति

एमाले कार्यदलको बैठक सुरु


काठमाडौँ – नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको हो ।

नेकपा विवाद समाधानउन्मुख भएको नेताहरुले बताएका छन् । बुधबार बसेको बैठकपछि नेताहरुले आजको बैठकबाट निष्कर्षमा पुग्न सक्ने सम्भावना रहेको प्रतिक्रिया दिएका थिए ।

बुधबार साँझ एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच होटेल मेरियटमा छलफल भएको थियो । वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । तर, नेताहरुले भने वार्ता सकारात्मक भएको बताएका छन् ।

त्यस्तै, कार्यदलको बैठकअघि आज नेताहरु भीम रावल र विष्णु पौडेलले सिंहदरबारमा छलफल गरेका छन् । रावलले बैठकअघि नेता नेपालसँग पनि छलफल गरेका छन् ।