विदेश

हाइटीका प्रहरी राष्ट्रपतिको हत्यारा खोज्दै : संदिग्ध चारजना मारिए


काठमाडौँ – हाइटीका राष्ट्रपति जोभेनेल मोइसीको हत्यामा संलग्न सूमहको सदस्यहरुको खोजीलाई प्रहरीले तीव्र बनाएको छ ।

प्रहरीसँगको मुठभेडमा चारजना संदिग्ध व्यक्तिको मृत्यु भएको छ । प्रहरीले थप दुईजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । अन्य संदिग्ध व्यक्तिहरुको समेत खोजी भइरहेको छ ।

‘उनीहरु कि त पक्राउ पर्छन् कि त मारिन्छन्’ अनुसन्धानका बारेमा ब्रिफिङ गर्दै प्रहरी प्रमुख लिओन चार्ल्सले भने । बुधवार बन्धुकधारी समूह राष्ट्रपति निवासमा प्रवेश गरि राष्ट्रपतिको हत्या गरेका थिए । आक्रमणमा हाइटीकी प्रथम महिला घाइते भएकी थिइन् ।

राष्ट्रपतिको हत्या कुन समूहले गर्‍यो भन्ने खुलेको छैन । केही समयअघि देखि राष्ट्रपति मोइसीको राजीनामा माग गर्दै हाइटीमा प्रदर्शन भइरहेको थियो ।