राजनीति

ओलीको नेतृत्व खोसेर पार्टी एकता हुँदैन, मिल्ने कि नमिल्ने आजै टुंगो लाग्छ (भिडियोसहित)


काठमाडौँ – एमाले प्रवक्ता एवं कार्यदल सदस्य प्रदीप ज्ञवालीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको नेतृत्व गुमाउने गरेर एकता नहुने बताउनुभएको छ ।

योहो टेलिभिजनको कार्यक्रम सत्य संवादमा ज्ञवालीले नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल सदस्यहरुले पार्टी भित्रको विवाद समाधान हुने दिशामा अघि बढेको बताउनु भएको छ । उहाँले भन्नुभयो एमाले कार्यदलको अन्तिम निचोड जे भए पनि बिहीबार साँझसम्म आउने उहाँले बताउनुभयो । गत सोमबारदेखि एमालेको कार्यदल सक्रिय छ । बुधबार साँझ ओली र नेपालबीच मेरियट होटेलमा दोस्रो तहका नेताहरूसहित भेटवार्ता भएको थियो । आजको बैठकले अन्तिम निष्कर्ष दिने नेताहरुले दाबी गरेका छन् ।

प्रस्तुत छ, एमाले प्रवक्ता एवं कार्यदल सदस्य प्रदीप ज्ञवालीसँग योहो टेलिभिजनको ‘सत्य संवाद’ कार्यक्रममा समाचार प्रमुख जीवराम भण्डारीले गरिएको कुराकानी :