समाचार

सर्लाहीमा चक्कु प्रहार गरी युवकको हत्या


काठमाडौँ – सर्लाहीको ईश्वरपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ईश्वरपुर नगरपालिका ४ सागरनाथ बस्ने ३५ वर्षीय सानु भन्ने कृष्ण बहादुर स्याङ्बोको हत्या भएको हो । बुधबार चक्कु प्रहार गरी उनको हत्या भएको प्रहरीले जनाएको छ । स्याङ्बोको हत्या गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय पाल दोर्जे स्याङतानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

हत्याको कारण भने खुलेको छैन । यस सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।