राजनीति

ओली-नेपालबीचको भेटवार्ता बिना सहमतिमा नै टुङ्गियो


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको संवाद बिना सहमतिमा नै टुङ्गिएको छ । दुबै पक्षका नेताहरु रहेको कार्यदल विवादित विषयमा सहमति उन्मुख भएपछि दुई नेताबीच बुधबार साँझ मेरियट होटलमा भेट भएको थियो ।

नेता सुरेन्द्र पाण्डेका अनुसार कार्यदलका सदस्यहरुले अहिलेसम्म भएको छलफलबारे ब्रिफिङ गरेको थियो । र, दुई नेताबीच वान अन वान सम्वाद भएको थियो ।