राजनीति

राष्ट्रियसभा बैठकमा चल्यो आरोप प्रत्यारोप, खोपमा भएको अनियमितताको खुलासा

??????????????? ??????????????? ?????????????????? ??? ???????????????????????? ????????? ???????????? ??????????????? ???????????????????????????????????? ??????????????? ???????????? ???????????????????????????????????? ??? ??????????????????????????? ???????????? ??????????????? ????????? ???

योहो संवाददाता

काठमाडौँ – राष्ट्रियसभा बैठकमा समसामायीक राजनीतिक घटनाक्रम र जनजीविकाबारे सांसद्हरुले सरकारको ध्यानकार्षण गराएका छन् । सरकारको कुटनीतिक कमजोरीका कारण नेपालमा कोभिड विरुद्धको खोप आउन ढिला भएको विपक्षीले आरोप लगाउँदा सत्ता पक्षका सांसद्ले भने सरकारको बचाउ गरे ।

राष्ट्रियसभाको आजको बैठकमा बोल्ने अधिकांश सांसद्हरुले सरकारको आलोचना गरेका छन् । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सरकारको कुटनीतिक कमजोरीका कारण नेपालमा कोभिड विरुद्धको खोप आउन नसकेको आरोप लगाए । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले नेपाल सरकार खोप ल्याउने कुरामा सम्पुर्ण रुपमा असफल भएको दाबी गरे । अपरिपक्क कुटनीतिका कारण सरकारका सबै कुटनीतिक प्रयासहरु असफल भएको उनको टिप्पणी थियो ।

राष्ट्रियसभाकी सदस्य कोमल ओलीलाई इंकित गर्दै उनले खोप किन आउन सकेन भनेर आफुले देखेका सामान्य कुरा भन्दै गर्दा कुनै जनावरसंग तुलना नगर्न पनि आग्रह गरे । ओलीले राष्ट्रियसभा सोमबारको बैठकमा सरकार विरोधी गठबन्धनलाई बाँदरको संज्ञा दिदै व्यंग्य कविता बाचन गरेकी थिइन् ।

उनले वर्तमान सरकार कमिसन एजेण्टहरुको घेराउमा परेको दाबी पनि गरे । उनले कमिसनमा कुरा नमिलेका कारण कोभिडशिल्ड खोप आउन नसकेको दाबी गरे । कमिसन एजेण्डले पैसा नपाएको कारणले कोभिडशिल्ड खोप नआएको दाबी गरे । उनले सरकारको गलत नीतिका कारण परराष्ट्रमन्त्रालयले काम गर्न र त्यही कारणले डिप्लोमेटिक डिलिङ फेलियर भएको जिकिर गरे ।


त्यसैगरी नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्राईले राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्न आग्रह गरे । सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने भएपनि कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराए । वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको भन्दै उनले सरकारका कामकारवाहीको बचाउ गरे । उनले कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संबैधानिक भएको जिकिर गरे ।

उनले सरकार बनाईदिनुपर्यो भनेर अदालतमा मुद्धा हालिएको भन्दै अदालतले सरकार बनाउन नसक्ने दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएको भन्दै पुर्व प्रधानमन्त्रीहरुलाई ओलीलाई राष्ट्रियता विरोधी भनी प्रमाणित गरेर देखाउन उनले चुनौति दिए ।