राजनीति

पाँच विद्यार्थी संगठनले विपक्षी गठबन्धनका शीर्ष नेतालाई बुझाए ज्ञापनपत्र


काठमाडौँ – पाँच विद्यार्थी संगठनले विपक्षी गठबन्धनका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाएका छन् । काँग्रेसको नेविसंघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी, एमाले माधव नेपाल समूहको अखिल, जसपाको विद्यार्थी युनियन र अखिल (छैटौं)ले पूर्वप्रधानमन्त्री तथा गठबन्धनका शीर्ष नेतालाई सामुहिक रुपमा ज्ञापनपत्र बुझाएको हो ।

पाँच संगठनले पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव नेपाललाई भेटेर संविधानको धारा ३१, ३३ र ३५ मा रहेको मौलिक हक कार्यान्वयनका लागि ज्ञापनपत्र बुझाएका हुन् ।

संविधानमा व्यवस्था गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई सरकारमा रहँदा वा नरहँदा कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता जनाइदिन उनीहरुले गठबन्धनका नेताहरुको ध्यानाकर्षण गराएका छन् ।