राजनीति

शिक्षामन्त्री श्रेष्ठले राजीनामा नदिए सांसद अनसनमा बस्ने


काठमाडौँ – राधेश्याम पासवानले जातीय विभेद गर्ने शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले राजीनामा दिनु पर्ने माग गरेका छन् । मन्त्रीले राजीनामा नदिए आफू अनसन बस्ने चेतावनीसमेत दिएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकको विषेश समयमा बोल्दै सांसद पासवानले दलितलाई ब्यक्तिको घर, धारा, मन्दिरमा अझै दलितलाई प्रवेश निषेध गरेको बताउँदै विभिन्न समयमा कानुन बनाएपनि कार्यान्वयन नभएको बताए । उनले राजधानीमै रुपा सुनारमाथि जातीय विभेद भएको बताउँदै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आरोपितलाई छुटाएकोमा आपत्ति जनाए । मन्त्री श्रेष्ठले राजीनामा नदिए अनसन बस्ने चेतावनी समेत दिए ।

उनले भने– ‘शिक्षामन्त्रीले आरोपीलाई आफ्नै सरकारी गाडीमा हालेर लैजानुभयो, यो संविधानको खिल्ली उडाएको त हैन रु यो सदनबाट म शिक्षा मन्त्रीको राजीनामा माग्छु । यदि राजीनामा नदिने हो भने संसदमा अनसन बस्न राजी हुन्छु ।’ उनले मन्त्रीले राजीनामा नदिए देशका ६० लाख दलितहरू आन्दोलनमा उत्रिने बताए ।